इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ आश्विन ३०, बुधबार

काठमाडौं : हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएकाले अब शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको एसएसपी खनालले बताए। ‘हामी खोजिरहेका छौँ’, उनले भने।

यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार