राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन

२०८१ आश्विन ३०, बुधबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा गरेका छन्।

बुधबार बडा दशैंको अन्तिम तथा आश्विन शुक्ल पूर्णिमाको दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन्। बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ।

प्रथम महिला सविता पौडेलसहित पुगेका राष्ट्रपति पौडेलले सो अघि विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार