गौशालाको धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरी नियन्त्रणमा

२०८१ आश्विन ३०, बुधबार

काठमाडौँ : काठमाडौं महानगरका दुईवटा डोजरलाई नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पशुपतिस्थित गौशाला धर्मशाला भत्काउन पठाइएका डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दुवै डोजर गौशाला प्रहरी कार्यालयमा राखिएका छन्। काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय भूपदेव शाहले धर्मशाला भत्काउन प्रहरीले नदिएको बताए।

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो। महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो। उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने सम्झौता भएसँगै कार्यविधिको मस्यौदामाथि छलफल थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार