हेटौंडा-फाखेल-सिस्नेरी सडक तीन दिन बन्द हुने

२०८१ कार्तिक २, शुक्रबार

हेटौँडा : मकवानपुरबाट कुलेखानी हुँदै काठमाडौँ जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ ।

इन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा सडक मर्मत र होमपाइप हाल्ने काम सुरु भएकोले उक्त दुवै सडक तीन दिन बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी-फाखेल सडक बन्द भएको अवस्थामा कान्तिलोकपथ र त्रिभुवन राजपथको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार