दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ कार्तिक २, शुक्रबार

बुटवल : दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लागेको रा१ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार