संसद् भवनमा विपक्षी दलको बैठक

२०८१ कार्तिक २, शुक्रबार

काठमाडौँ : संसद्का विपक्षी दलहरुको बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्का‍ प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले विपक्षी दलहरुको बैठक जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।बैठकमा समसामयिक राजनीतिक विषय र बाढीपहिरोपछिको अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्।

बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा र आजपाका शीर्ष नेता सहभागी छन्। बाढीपहिरो पीडितलाई राहत र पुनस्र्थापनाको लागि सरकारले तदारुकता नदेखाएको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार