बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

२०८१ कार्तिक ९, शुक्रबार

काठमाडौँ : सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सहकारी ठगी, पीडितको बचत रकम फिर्ता गर्ने र विपक्षी दलले राखेका मागप्रति धारणा बनाउने विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । बैठकले त्यसबारे सत्तारुढ दलको साझा धारणा तय गर्ने र सार्वजनिक गर्ने बताइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउविरुद्ध भएको प्रदर्शन, विपक्षी दलका नेतालाई राजनीतिक प्रतिशोधका आधारमा प्रक्राउ गरिएको आरोप लगाएको सन्दर्भ पनि सत्तारुढ दलबीच छलफलमा छ।

‘सहकारी ठगीको छानबिन भइरहेका बेला त्यसलाई प्रभावित गर्ने गरी भएको सडक प्रदर्शनविरुद्ध सत्ता गठबन्धन उभिनेबारे छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सहकारीको निश्पक्ष छानबिनलाई प्रभावित गर्ने कार्य गलत हो भन्नेमा गठबन्धन दलको साझा मत छ ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । बुधबार बसेको गठबन्धन बैठकमा दलहरुले सहकारी ठगी छानबिनलाई प्रभावित हुने गरी भइरहेको रास्वपाको प्रदर्शनको बिरोध गरेको थियो । यसबारे कांग्रेस, एमाले, लोसपाले विज्ञप्ती जारी गरी बिरोध गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार