राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

२०८१ कार्तिक १०, शनिबार

काठमाडौं : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले  राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो। पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ। १७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन्।

महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर नयाँ पार्टी खोलेका हुन् । उनले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मुल नारा बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार