महोत्तरी : नेपाली काँग्रेसका उपसभापति पूर्णवहादुर खड्काले गठबन्धनको विषय स्थायी रुपमा नभई सिमित समयको लागि मात्र रहेको बताएका छन् ।
शुक्रबार महोत्तरीको जलेश्वरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले २०७९ सालको निर्वाचनमा गाँसिएको पार्टीबीचको गठबन्धन चुनावी समयसँग मात्र सिमित रहेको र पछि समसामयिकरुपमा परिणत हुँदै गएको धारणा राखेका हुन् ।
उपसभापति खड्काले भने, पार्टीलाई सबल बनाउनका लागि रुपान्तरण अभियान देशभरि सञ्चालन गरिएको हो । जुन विभिन्न चरणमा गरि सञ्चालनको क्रममा रहेको छ । पार्टी त उसो पनि मजबुत छँदैछ । केवल निरन्तरता दिनु आवश्यक छ । जुन अनुरुप अहिले पार्टीको निर्देशन तल्लो स्तरमा सिमित नभई उपल्लोस्तरका नेतालाई पनि अनिवार्य रुपमा पालना गर्नुपर्ने देखिन्छ ।’





