नवलपरासी : नवलपुरमा गए राति धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
देवचुली–९ विशालटार निवासी २९ वर्षीय मिलन मानन्धरको हत्या भएको । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले जानकारी दिए । मानन्धनरलाई देवचुली–९ निवासी ३० वर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहाार गरी हत्या गरेका हुन् ।
गए राति नेपालीले मानन्धरलाई धारिलो हतियार प्रहार गरी फरार भएको र उनको खोजतलासको क्रममा राति नै कावासोती–१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा राति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
हत्याको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।





