सुनको मूल्यमा भारी वृद्धि

२०८१ कार्तिक ११, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ६७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार