हिरासतमा रविमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक: कास्की प्रहरी

२०८१ कार्तिक ११, आईतवार

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको बताएको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको प्रतिक्रिया दिएको हो। सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ।

सो समयमा रविलाई भेट्न नदिएको भन्दै लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालबाट लाइभ गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार