हृदयाघातबाट पत्रकार क्षेत्रीको निधन

२०८१ कार्तिक ११, आईतवार

नवलपुर : नवलपुरका पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ ।

चितवनको माडी नगरपालिका–१ चैनपुर स्थायी घर भई नवलपुरमा पत्रकारिता गर्दैआएका क्षेत्रीको ४० वर्षको उमेरमा गए राति निधन भएको हो ।नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सहस्टेसन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।

शनिवार राति छाती दुखेपछि क्षेत्रीलाई परिवारका सदस्यले तत्काल अस्पताल लगेका थिए । उनको बाटोमै मृत्यु भएको परिवारका सदस्यहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार