हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ

२०८१ कार्तिक १२, सोमबार

खाँदबारी : हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आइतबार पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताए । गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डिएसपी बस्नेतले बताए ।

हत्यामा संलग्न तामाङविरुद्ध कर्तव्यज्यान तथा आपराधिक उपद्रव र मोक्तानविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार