राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

२०८१ कार्तिक १२, सोमबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा आज हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ।

दिउँसो १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार