साढे ८ घण्टा बयान लिंदा पनि सकिएन रवि लामिछानेको बयान

२०८१ कार्तिक १२, सोमबार

काठमाडौँ : सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि सकिएन ।

रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर बयान लिए । उनीसँग करिब साढे ८ घण्टा बयान लिइएको हो ।

लामिछानेको बयान अझै पुरा नभएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले हाम्रोदेशलाई बताए । उनले भने, ‘बयान सकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार