सल्यान ट्रक दुर्घटना : चालकसहित मृत्तकको संख्या चार पुग्यो

२०८१ कार्तिक १३, मंगलवार

सल्यान : सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

२४ वर्षीय चालक मानबहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो । कपुरकोट गाउँपालिका–६ स्थित दुबेदेबाट देबबहादुर बस्नेतको खेतबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक सोमबार बेलुकी सडकमा रहेको रुखलाई बचाउन खोज्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा स्थानीय वर्ष १४ का बालक गोबर्द्धन खडका, वर्ष १२ का डिल्ली भन्ने अनिल भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने बालिका १३ वर्षकी सृजना बस्नेतको उपचारका लागि लैजाँदै गर्दा सोमबार बेलुकी नै बाटैमा मृत्यु भएको थियो भने चालक भण्डारीको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी १३ वर्षीया कखुमा बस्नेत, ३५ वर्षकी नन्दा बस्नेत, ३५ वर्षीय देबबहादुर बस्नेतको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । त्यस्तै सूचना अधिकारी खत्रीका अनुसार सञ्जीव बस्नेत, खडका, हिक्मत पुन र गाडीका सहचालक रौनक भण्डारी उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार