काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार रुपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ कायम भएकोमा आज ४० रुपैयाँले बढेर २ हजार १सय ५ रूपैयाँ कायम भएको छ ।





