५० लाखको सुनसहित दुई युवक पक्राउ

२०८१ कार्तिक १३, मंगलवार

बुटवल : रुपन्देही प्रहरीले झण्डै ५० लाख बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका–७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्र्याइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरूको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । उनका अनुसार ४९ लाख ५४ हजार बढी मूल्य बराबरको बरामद सुन बिस्कुट आकारमा छ ।

बरामद सुन र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार