काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्।उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे। यस वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन भइरहेको भन्दै तिहारमा आयात पनि गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
सकेसम्म तिहारमा देशभित्रको खपत पुर्याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको जानकारी पनि उनले दिएका छन्।





