माओवादी नेता महराका छोरा राहुल रिहा

२०८१ कार्तिक १५, बिहीबार

काठमाडौं : विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा समातिएका माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो । राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार