घट्यो डिजेल र मट्टितेलको मूल्य

२०८१ कार्तिक १५, बिहीबार

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ ।

पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार