चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत हुन्छ : दाहाल

२०८१ कार्तिक १७, शनिबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन्।

दिपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा शनिबार शुभकामना दिदै उनले विविधितायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरुको मौलिक पहिचानका रुपमा रहेको बताए। पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रुपमा रहेको स्पष्ट पारे।

यसवर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सङ्कटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार