काठमाडौं : हङकङ सिक्सेसको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । शुरुवाती विकेट जोगाउन नसक्दा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।
नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जोशीले १३ रन बनाए । इङल्याण्ड र अष्ट्रेलियाविरुद्ध आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप जोरा डकआउट भएपछि नेपालको शुरुवात नै खराब बनेको थियो । नेपालका लोकेश बम ६ रनमा आउट भए भने विवेक यादव ५ रनमा आउट भए। प्रतिश जिसी पनि शून्यमै आउट भएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो । श्रीलंकाका लागि सन्दुन विरकोडीले अर्धशतक प्रहार गरे । त्यस्तै थनुका दबारेले १८, लिहुरु मधुसाकाले ३१ र लहिरु समाराकुनले २२ रन बनाए। नेपालले समूह चरणको खेलमा इङल्याण्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो।





