रामेछापको गुप्तेश्वरमा बस दुर्घटना, दुई गम्भीर घाइते

२०८१ कार्तिक १७, शनिबार

काठमाडौं : रामेछापको गुप्तेश्वरमा बस दुर्घटना भएको छ। आज बिहान उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरबाट काठमाडौं जान लागेको बा. ५ ख. २८६ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय प्रीतिका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार बसपार्कमा घुमाउने/निकाल्ने क्रममा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा सहचालक केवल सुनुवार र ७१ वर्षीया फुल कुमारी सुनुवार घाइते भएका हुन्।

चालक बाथरुमतिर गएको समयमा सहचालक सुनुवारले बस चलाएका थिए। तर, एक्कासी पछाडि हुत्तिदा दुर्घटना भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार