दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजमा बम राखिएको हल्ला

२०८१ कार्तिक १७, शनिबार

काठमाडौं : दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजमा बम राखिएको हल्ला फैलिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

१७० यात्रु र चालकदलका सदस्य बोकेको जहाज दिउँसो ३:३९ बजे विमानस्थलमा ल्याण्ड भएको थियो भने ४:३१ मा जहाजमा बम छ भनेर सूचना आएको सुरक्षा अधिकारीले बताएका छन् । जहाजमा बम राखिएको हल्लापछि अहिले सुरक्षा चेकजाँच जारी  छ। यात्रुलाई निकालेर लगेजहरूको कुकुर सहितको सुरक्षा टोलीले चेकजाँच गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यस अघि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको ए३२० जहाजमा पनि बम राखिएको भन्दै हल्ला फैलाइएको थियो। पछिल्लो समय अज्ञात समूहले भारतीय वायुयानमा ‘बम’ राखेको फेक हल्ला चलाइरहेका छन् । अहिलेसम्म दर्जनौँ आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा बम राखेको गलत सूचना फैलाएर धम्की दिइसकेको छ, जसले गर्दा भारतीय उड्डयन क्षेत्र नै त्रासदीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार