रवि लामिछानेलाई बुटवल उपस्थित गराउन कास्की प्रहरीलाई पत्र

२०८१ कार्तिक १७, शनिबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ ।

कार्तिक २ मा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् ।

प्रहरीका अनुसार बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सभापति लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार