एयर इन्डियाको विमानमा भेटिएन बम, दिल्ली उड्दै

२०८१ कार्तिक १७, शनिबार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक विमानमा बम राखिएको धम्की आएको छ । शनिबार एयर इन्डियाको विमानमा बम रहेको थ्रेट आएको हो ।

दिल्ली उड्न लागेको विमानमा बम रहेको थ्रेट आएपछि सबै यात्रुलाई ओरालेर चेक जाँच गराइएको थियो । चेक जाँचपछि कुनै खतरनाक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ । दिउँसो ४ः ३१ मा बम राखिएको धम्की आएपछि प्रहरी र नेपाली सेनाको टोलीले चेकजाँच गरेको थियो ।

विमानमा कुनै खतरनाक चिज नभेटिएपछि विमान दिल्ली उड्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार