मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

२०८१ कार्तिक १८, आईतवार

काठमाडौँ : पृथ्वीराजमार्ग अन्तर्गततनहुँको बन्दीपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ।

प्रदेश २ को ९९४२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा महोत्तरीको  जलेश्वर नगरपालिका स्थायी घर भई अहिले तनहुँको  व्यास नगरपालिका–२ दमौली बस्ने  २२ वर्षिय सुमित साहको घटनास्थलमै मृत्युु भएको हो। मोटरसाईकल अनियन्त्रित भई नालामा खसेका साहलाई आइतबार बिहान स्थानीयले देखेपछि उद्धार गर्न जाँदा उनको मृत्यु भइसकेको थियो।

रातको समयमा सवारी चलाउने क्रममा अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।   उनको साथमा रहेको परिचयपत्रका आधारमा उनी  व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बिबिए तेस्रो वर्षमा अध्ययरत रहेको खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार