काठमाडौँ : पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । ९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।





