करन र भीम आज नखेल्ने, देव र सागरलाई मौका

२०८१ कार्तिक १९, सोमबार

काठमाडौँ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अन्तरगत सोमबार राति हुने स्कटल्याण्डविरुद्धको खेलमा करन केसी र भीम सार्की नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार केसी र सार्की घाइते हुँदै खेल्न नसक्ने भएका हुन् । उनीहरूको स्थानमा टोलीमा देव खनाल र सागर ढकाललाई स्थान दिइएको छ ।

अमेरिकामा जारी शृङ्खलामा नेपालले स्कटल्यान्डसँग चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार, राति २२ः१५ बजे सुरु हुनेछ ।

जारी शृङ्खलामा नेपालले हालसम्म एक जित र दुई हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग तीन विकेटले पराजित पराजित भएको थियो ।

यसैगरी, आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाली टोली अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।

लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालको हालसम्मको प्रदर्शन खासै सन्तोषजनक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार