लामिछाने रिहा भइसके भनेर भ्रम फैलाइयो : तोसिमा कार्की

२०८१ कार्तिक १९, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले सभापति रवि लामिछाने रिहा भएको भन्दै सरकारले भ्रम फैलाएको आरोप लगाएकी छन् ।

उनले जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रवि रिहा भइसके भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोजेको बताइन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले सभापति लामिछानेसँग पर्याप्त बयान पनि नलिई नै म्याद थपिरहेको गुनासो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार