रास्वपाले उपनिर्वाचनमा भाग लिने, उमेद्वारको दरखास्त आव्हान

२०८१ कार्तिक २२, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । त्यसकालागि पार्टीले उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको हो।

उपनिर्वाचन हुन लागेका सबै स्थानमा उमेद्वारी दिइने पार्टीको केन्द्रीय निर्वाचन समन्वय समितिले जनाएको छ। समितिका संयोजक गणेश पराजुलीले सकभर सर्वसम्मतका आधारमा उमेद्वार चयन गरिने जानकारी दिए।

आकांक्षी धेरै भए आन्तरिक मतदानबाट उमेद्वार छानिने उनले बताए। उनका अनुसार पार्टी सदस्य नभएका स्थानमा स्वतन्त्र व्यक्तिलाई समेत उम्मेदवार बनाइने छ। स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपाको जन्म नै भएको थिएन।

आगामी मंसीर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार