सिराहामा धान खेतमा एक किशोरको शव फेला

२०८१ कार्तिक २२, बिहीबार

लहान : सिराहाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक किशोरको शव फेला परेको छ । स्थानीय १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।

लहान प्रहरीले अहिले शव घटनास्थलमै रहेको र घटनास्थलको प्रकृति मुचुल्का उठाउने काम भइरहेको बताए । प्रहरीले घटनाबारे थप विवरणहरू आईनपुगेको बताएको छ । उनी कसरी त्यहाँ पुगे र मृत्यु कारणबारे प्रहरीले खोज तलास गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार