काठमाडौं : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
खैजुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले डा. सङ्गमलाई पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा डा. सङ्गमले एमालेको विचार, देश र जनताप्रति पार्टीले खेलिरहेको योगदानबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताए ।





