पूर्व मुमाबडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज

२०८१ कार्तिक २३, शुक्रबार

काठमाडौँ : पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो। ‘उहाँ आज साढे ४ बजे डिस्चार्ज हुनुभयो,’ नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने।

९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो। शुक्रबार उनको डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाह लगायत अस्पताल पुगेका थिए। अस्पतालका अनुसार, अहिले उनको अवस्था सामान्य बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार