टेबल टेनिस खेलाडी सेलिशाको निधन

२०८१ कार्तिक २४, शनिबार

काठमाडौं : नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सेलिशाको शुक्रबार निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। महर्जनका अनुसार ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ । सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्याण्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन् ।

यस्तै सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार