पोखरा : इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ ।
उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए । नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको हो । पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो ।
५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् ।





