रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २५, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।

आज कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेको पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप भएको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। लामिछानेका कार्यकर्ता तथा समर्थकले आज पनि पोखरामा विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार