मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२०८१ कार्तिक ३०, शुक्रबार

रौतहट : जिल्लाको मौलापुर नगरपालिका-३ नैलाखा गेटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ग.१० प ९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका-६ पथराबुधरामका चालक ३२ वर्षीय कृष्ण नन्दन रामको मृत्यु भएको हो।

बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बारास्थित एलएस न्यूरोमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार