सरकारले थारुमाथिको विभेद र असमानता अन्त्य गर्छ : अर्थमन्त्री पौडेल

२०८१ मंसिर १, शनिबार

बुटवल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थारु समुदायमाथि भइरहेका विभेद र असमानता अन्त्य गर्ने बताएका छन् ।

थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरु कांग्रेस र एमालेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताए ।

‘राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरुको सरकार बनेको छ, यो सरकारले थारु समुदायमाथि कुनै प्रकारको विभेद र असमानता हुन दिंदैन’, पौडेलले भने, ‘थारु समुदाय आदिवासी र धर्तीपूत्र हुन्, यो समुदायप्रति गर्व गर्नुपर्छ ।’

नेपाल सबै जातजातिको साझा फूलबारी हो भन्दै अर्थमन्त्री पौडेलले आपसमा तिक्तता नभई मित्रता र एकता आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार