प्रधानमन्त्रीको चीन भ्रमणबारे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा छलफल हुँदै

२०८१ मंसिर २, आईतवार

काठमाडौं : आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद सचिवाल सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओली यही मंसिर १७ देखि २२ गतेसम्म चीन भ्रमणमा जाने तयारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार