नेताहरूले स्व.ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी : महामन्त्री थापा

२०८१ मंसिर ३, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरूले पूर्व सभामुख स्व. दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताएका छन्।

सोमबार काठमाडौंको सानो गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन।

उनले आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरूले ठानेको भए पनि उनले त्यस्तो नगरी निष्ठाको राजनीति गर्नुभएको बताए।

नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरू जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्दै उहाँले जुन दलबाट भए पनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमानदारिता देखाउनुपर्ने कुरा स्व.ढुंगानाबाट सिक्नुपर्ने बताए।उनले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उहाँबाट निष्ठा सिक्न जरुरी रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार