प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूतको भेट

२०८१ मंसिर ४, मंगलवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनटनले आज शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर राजदूत लिनले भेट गरेकी हुन् । भेटमा दुई देशबीचको सदियौंदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिका जोशीलगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार