पूर्वडीआईजी जोशीलाई काठमाडौँ ल्याइयो

२०८१ मंसिर ५, बुधबार

काठमाडौँ : सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएको हो । छविलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।

रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी  बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार