दुर्गा प्रसाईं सामाजिक अराजकतावादी हुन् : महेश बस्नेत

२०८१ मंसिर ५, बुधबार

काठमाडौं : नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बस्नेतले मंसिर ७ गतेको कार्यक्रमलाई प्रसाईंले भ्रम फैलाएर हिंसक बनाउन खोजेको बताए ।

“दुर्गा प्रसाईंजी सामाजिक अराजकतावादी हुन् । पछिल्लो समयमा कम्बोडियामा प्रधानमन्त्रीको लगानी छ भनेर फेक डकुमेन्ट उनले प्रस्तुत गरे । प्रधानमन्त्रीले केपी शर्मा ओली नाम लेख्नुहुन्छ, त्यहाँ खड्गप्रसाद ओली लेखिएको छ । न त सिग्नेचर नै मिल्छ । सबै फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री र एमालेको बदनाम गर्ने काम भएको छ,” बस्नेतले भने ।

उहाले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार