हँसिया प्रहार गरी छिमेकीको हत्या

२०८१ मंसिर ६, बिहीबार

काठमाडौं : दैलेखमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–१३, खडिका धाराका ४३ वर्षीय भुवनसिंह विक छन् ।

उनीमाथि छिमेकी सोही ठाउँका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको आरोप छ । भुवनले हँसिया प्रहार गर्दा कर्णबहादुर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाको सूचनालगत्तै अस्थायी प्रहरी पोस्ट बैंक विनायकबाट खटिएको प्रहरी टोलीले भुवनलाई पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार