थमन विकको हत्या आरोपी चौधरी पुर्पक्षका लागि जेल चलान

२०८१ मंसिर ७, शुक्रबार

धनुषा : शसस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा पक्राउ परेका देवेन्द्र चौधरीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

बिहीवार महोत्तरी जिल्ला अदालतका न्यायाधीश फणेश्वरी घिमिरेको एकल इजलासले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको हो । असइ विकका हत्या आरोपमा फरार रहँदै आएका जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष चौधरीलाई सोमवार मात्रै प्रहरीले पक्राउ गरेको थियो । सोमवार क्याम्पसमा बैठक चलिरहेको बेला सादा पोसाकमा गएका प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।

चौधरीलाई पक्राउ गरेर अदालतमा पेश गरी चार दिनको निरन्तर सुनुवाइपछि बिहीवार अदालतको आदेशमा उनलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते फैसला गर्दै तराई मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असइ विकको हत्या घटनामा दुई जनालाई सफाइ र सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार