काठमाडौं : शुक्रबार, छापावाल सुनको मूल्य १ हजार ५ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भएकोमा आज प्रतितोला १० रूपैयाँ घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको छ ।





