प्रधानमन्त्री ओलीका बुवा अस्वस्थ्य, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

२०८१ मंसिर ८, शनिबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्वस्थ्य भएका छन्। प्रधानमन्त्री ओलीले शनिबार यसबारे जानकारी दिएका हुन्। ९३ वर्षिय मोहनप्रसादलाई फोक्सोसम्बन्धी समस्या देखिएको छ।

फेसबुकमा तस्विर राख्दै ओलीले लेखेका छन्, ‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।’ अहिले स्वास्थ्य स्थिति सामान्य रहेको पनि प्रधानमन्त्री ओलीले जानकारी गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार